काठमाडौँ महानगर र नेपाल पूर्वाधार निर्माण कम्पनीबीच पूर्वाधार निर्माणबारे सहमति « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

काठमाडौँ महानगर र नेपाल पूर्वाधार निर्माण कम्पनीबीच पूर्वाधार निर्माणबारे सहमति


१० बैशाख २०८१, सोमबार


काठमाडौँ । पूर्वाधार निर्माण तथा परामर्श सेवाका लागि काठमाडौँ महानगरपालिकाले नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेडसँग सहमति गरेको छ ।

काठमाडौँ प्लाजामा सोमबार भएको सहमतिमा महानगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार र कम्पनीका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र केसीले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

महानगरभित्रका पूर्वाधार निर्माण तथा परामर्श सेवाका लागि सार्वजनिक साझेदारी अवधारणा अनुरूप सहमति भएको परियारले बताए ।

विभिन्न निर्माण तथा परामर्श, मर्मत सम्भार, आपत्कालीन निर्माण, सडक तथा पुलसँग सम्बन्धित निर्माण मर्मत, भवन निर्माण र पुनः निर्माण लगायतका काम सहमतिअनुसार गरिने समझदारीमा उल्लेख छ ।

कामको प्राथमिकता क्रम भने महानगरपालिकाले निर्धारण गर्नेछ । यसको कार्यप्रणाली संयुक्त रूपमा तयार पारिने समझदारीमा उल्लेख छ ।

वित्तीय दायित्व महानगरपालिकाले बहन गर्नेछ भने यसरी गरिने काममा महानगरको श्रम बैंकबाट कम्तीमा २० प्रतिशत जनशक्ति प्रयोगमा ल्याइने छ ।

कामको संयोजनका लागि महानगरको सार्वजनिक निर्माण विभाग र कम्पनीकारतर्फबाट प्राविधिक शाखाले गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस