सन्दीपको मुद्दा आज पनि हेर्न नभ्याइनेमा « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

सन्दीपको मुद्दा आज पनि हेर्न नभ्याइनेमा


१० बैशाख २०८१, सोमबार


काठमाडौँ । सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा आज तोकिएको सुनवाइ स्थगित भएको छ । न्यायाधीशले मुद्दालाई आज सुनवाइ गर्न नभ्याइनेमा राखेका छन् ।

सन्दीपको मुद्दा न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र पुरुषोत्तम प्रसाद ढकालको इजलासमा परेको थियो ।

यसअघि गत ३ वैशाखमा भएको सुनवाइमा अदालतले गौशाला २६ को जन्मदर्ता सम्बन्धी कागजातहरू मागेको थियो । ती कागजातहरू आइपुगेपछि आजलाई सुनवाइ तोकिएको थियो । सन्दीपको मुद्दा तत्काल फैसला नभएको खण्डमा उनले टी-२० विश्वकप खेल्न पाउने सम्भावना समाप्त हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस