करिब साढे ३० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

करिब साढे ३० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार


१० बैशाख २०८१, सोमबार


काठमाडौँ । सरकारले करिब साढे ३० अर्ब आन्तरिक ऋण उठाउँदै छ । ट्रेजरी बिल जारी गरेर उक्त ऋण उठाउन लागेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ३० अर्ब ४९ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने छ । यसमध्ये २० अर्ब ४९ करोडको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो भने १० अर्बको नयाँ ट्रेजरी जारी गर्न लागेको हो ।

वैशाख ११ गते जारी हुने यस ट्रेजरी बिलका लागि आज सोमबार वैशाख १० गते दिउँसो ३ बजे उक्त ट्रेजरी बोलकबोल हुनेछ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २८ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण र ५ अर्बको नयाँ ट्रेजरी जारी गर्न लागेको हो ।

यो ट्रेजरी जेठ ८ गते परिपक्व हुनेछ । ९१ दिनको लागि ५ अर्ब ४९ करोड रुपैयाँको ट्रेजरी नवीकरण र ५ अर्बको नयाँ ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी साउन ८ गते परिपक्व हुनेछ ।

त्यस्तै, १८२ दिनका लागि ६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । यो ट्रेजरी कात्तिक ६ गते परिपक्व हुनेछ । साथै, १ वर्षको लागि ४ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।

यो ट्रेजरी २०८२ वैशाख ९ गते परिपक्व हुनेछ । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको ऋण उठाउन यो बिल बिक्री गरिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस