एसीसी प्रिमियर कपको फाइनलमा युएईले ओमानलाई दियो २ सय ५ रनको लक्ष्य « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

एसीसी प्रिमियर कपको फाइनलमा युएईले ओमानलाई दियो २ सय ५ रनको लक्ष्य


९ बैशाख २०८१, आइतबार


काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा युएईले घरेलु टोली ओमानलाई २ सय ५ रनको लक्ष्य दिएको छ ।

अल अमिरातमा टस हारेर ब्याटिङ गरेको युएईले २० ओभरमा ४ विकेट गुमाएर २ सय ४ रन बनायो । युएईका कप्तान मुहम्मद वसीमले शतक बनाए । वसीमले ५६ बलमा ७ छक्का र ६ चौकासहित सय रन बनाएर आउट भए । यस्तै आसिफ खानले १६ बलमा नट आउट ३८ रन बनाए ।

अस्ति शुक्रवार भएको सेमिफाइनलमा नेपाललाई ६ विकेटले हराउँदै युएई तथा हङकङलाई ५ विकेटले हराउँदै ओमान फाइनलमा पुगेका हुन् । यो प्रतियोगिताको विजेता टोलीले एसिया कप क्रिकेट खेल्न पाउनेछ । एसिया कपमा भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तानसँग प्रतिस्पर्धा हुनेछ ।

यस्तै एसीसी प्रिमियर कपको तेस्रो स्थानका लागि हिजो भएको खेलमा नेपाल हङकङसँग ४ विकेटले पराजित भएको थियो । हङकङसँग पराजित भएसँगै नेपालको एसीसी इमर्जिङ टिम्स एसिया कपको यात्रा पनि टुङ्गिएको छ । हङकङ इमर्जिङ कपका लागि छनोट भएको छ । प्रिमियर कपका विजेता र उपविजनतासँगै तेस्रो हुने टोलीले इमर्जिङ कप खेल्न पाउनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस