बिना हिचकिचाहट लगानी गर्न एसियाली आईसीटी इन्डस्ट्रीज प्रतिनिधिहरूलाई मन्त्री शर्माको आग्रह « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

बिना हिचकिचाहट लगानी गर्न एसियाली आईसीटी इन्डस्ट्रीज प्रतिनिधिहरूलाई मन्त्री शर्माको आग्रह


९ बैशाख २०८१, आइतबार


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एसियाली आईसीटी इन्डस्ट्रीजका प्रतिनिधिहरूलाई बिना हिचकिचाहट लगानी गर्न आह्वान गरेकी छन् ।

आइतबार अन्तर्राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि विषयमा भएको छलफलमा उपस्थित १७ एसियाली राष्ट्रहरूका आईसीटी इन्डस्ट्रीज प्रतिनिधिहरूलाई मन्त्री रेखा शर्माले बिना हिचकिचाहट लगानी गर्नका लागि आह्वान गरेकी हुन् ।

उनले भनिन्, ‘नेपालको सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा बिना हिचकिचाहट लगानीका लागि आग्रह गर्न चाहन्छु । साथै आफ्नो संघ संस्थामार्फत आवश्यक पहल गर्न समेत अनुरोध गर्न चाहन्छु । नेपाल सरकार प्रविधि क्षेत्रमा आवश्यक सहजीकरण एवम् विश्वासको वातावरण सिर्जना गर्न तयार रहेको जानकारी गराउन चाहन्छु ।’

उनले छलफलमा अनुभव आदान प्रदान भएको बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस