दुई दिने नेपाल भ्रमणमा आउँदै कतारका अमिर « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

दुई दिने नेपाल भ्रमणमा आउँदै कतारका अमिर


९ बैशाख २०८१, आइतबार


काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी मङ्गलबार नेपालको दुई दिने भ्रमणमा आउने भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा अमिर थानीले २३ र २४ अप्रिलमा नेपालको राजकीय भ्रमण गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा अमिर थानीले राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेट गर्ने कार्यक्रम रहेको छ । उनको सम्मानमा राष्ट्रपतिले राजकीय भोजको आयोजना गर्नेछन् ।

भ्रमणको दोस्रो दिन अमिर थानीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग द्विपक्षीय वार्ता गर्ने कार्यतालिका छ । वार्तापछि दुवै नेता द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुनेछन् ।

थानी २४ अप्रिलमै काठमाडौँबाट कतार प्रस्थान गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

यो भ्रमणबाट कतार र नेपालबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनाका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने विश्वास लिइएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस