ईपीएस भाषा परीक्षा आवेदनमा लागू भयो नयाँ नियम  « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

ईपीएस भाषा परीक्षा आवेदनमा लागू भयो नयाँ नियम 


९ बैशाख २०८१, आइतबार


काठमाडौँ । अब कोरियाले माग गरेको कामदार कोटाको आधारमा मात्रै ईपीएस कोरियाको भाषा परीक्षाको आवेदन दिन पाउने भएका छन् । यसअघि कोरिया जान चाहने सबैले ईपीएसको भाषा परीक्षाका लागि आवेदन दिन पाउँथे ।

नयाँ व्यवस्था अनुसार कामदार कोटा सङ्ख्याको तेब्बरभन्दा बढीले ईपीएसको आवेदन भर्न पाउँदैनन् । 

ईपीएस कोरिया शाखाका अनुसार ईपीएस परीक्षाका लागि आवेदन प्रणाली मात्रै परिवर्तन गरिएको छ ।

अधिकांश देशहरूमा अत्यधिक मात्रामा आवेदन पर्ने भएकाले त्यसलाई व्यवस्था गर्न नयाँ नियम लागू भएको बताइएको छ ।

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत नेपालबाट वर्षेनी हजारौँको सङ्ख्यामा कामदार कोरिया जाने गर्छन् । कोरियाले नेपालबाट मेन्युफेक्चरिङ, सीपबिल्डिङ, कृषि तथा पशुपालन क्षेत्रमा कामदार लैजाँदै आएको छ । अब फरेस्ट्री, सर्भिस र रुट इन्डस्ट्रिज सेक्टलाई पनि थप्न प्रस्ताव गरिएको छ । एक वर्षमा कुनै एउटा सेक्टरमा मात्रै आवेदन दिन मिल्ने व्यवस्था गरिएको छ ।

तर, गत मङ्सिरमा १५ हजार कामदारको कोटामा १ लाख ६४ हजार ७१६ जनाको आवेदन परेको थियो । अहिले उनीहरूलाई ३ चरणमा परीक्षा दिलाउने व्यवस्था मिलाइएको छ ।

अहिलेसम्म एउटै सेक्टरमा परीक्षा गराइँदा मात्रै ५ देखि १० गुणा बढीले आवेदन दिने गरेका छन् । अब तेब्बरभन्दा बढीले मात्रै आवेदन दिन पाउने भएपछि वर्षैौंदेखि कोरिया जान तयारी गरिरहेकाहरूलाई अझै कुर्नुपर्ने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस