ड्राफ्ट तयार भइसकेको छ, परम्परागतभन्दा पृथक् बजेट ल्याउँदैछौँ : प्रधानमन्त्री « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

ड्राफ्ट तयार भइसकेको छ, परम्परागतभन्दा पृथक् बजेट ल्याउँदैछौँ : प्रधानमन्त्री


९ बैशाख २०८१, आइतबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट परम्परागत भन्दा फरक हुने बताएका छन् ।

सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहका लागि महेन्द्रनगर जाने क्रममा आइतबार धनगढी विमानस्थलमा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।

‘वैज्ञानिक, वस्तुवादी र जनमैत्री नीति तथा कार्यक्रम र बजेट बनाउदैछौं,’ प्रधानमन्त्रीले भने ‘ड्राफ्ट तयार भइसकेको छ ।’

प्रधानमन्त्री दाहालले एमाले-माओवादीसहितको वर्तमान समीकरण पूरै अवधि टिक्ने दाबी पनि गरेका छन् । वर्तमान सत्ता समीकरणको आयुलाई लिएर अहिले बजारमा चलिरहेका हल्लाको कुनै अर्थ नभएको उनले बताए । उनले प्रदेशमा सरकारहरू गठनको क्रम अन्तिम चरणमा पुगेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस