लुम्बिनी प्रदेश सरकारबाट जसपाले फिर्ता बोलायो मन्त्री « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

लुम्बिनी प्रदेश सरकारबाट जसपाले फिर्ता बोलायो मन्त्री


९ बैशाख २०८१, आइतबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले लुम्बिनी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाएको छ ।

पूर्वसहमति अनुसार दुई मन्त्रालय नपाएको भन्दै आफ्ना मन्त्री फिर्ता बोलाएको हो । जसपाबाट सरकारमा गएका भण्डारीलाल अहिरले शनिबार नै राजीनामा राजीनामा बुझाएका हुन् ।

माओवादी संसदीय दलका नेता समेत रहेका जोखबहादुर महराले २५ चैतमा ४ सदस्यीय मन्त्रिपरिषद् गठन गर्दा जसपाबाट अहिर पनि मन्त्री बनेका थिए । ६ वैशाखमा मन्त्रिपरिषद् विस्तार गर्दा अहिरले कृषिमन्त्रीको जिम्मेवारी पाए ।

सरकार गठनका क्रममा मुख्यमन्त्री महराले सहरी विकास तथा पर्यटन र कृषि तथा भूमि व्यवस्था मन्त्रालय जसपालाई दिने लिखित सहमति नै गरेका थिए ।

अहिले एउटा मात्र दिएपछि सरकारबाट मन्त्री फिर्ता बोलाइएको एक नेताले जानकारी दिए ।

३ सांसद भएको जसपाले सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ । ८७ सदस्यीय प्रदेशसभा रहेको लुम्बिनीमा मुख्यमन्त्री महरासँग ४८ सांसदको साथ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस