राजस्थानमा कार र ट्रक ठोक्किँदा ९ जनाको मृत्यु « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

राजस्थानमा कार र ट्रक ठोक्किँदा ९ जनाको मृत्यु


९ बैशाख २०८१, आइतबार


काठमाडौँ । भारतको राजस्थानमा आज बिहान ट्रकसँग कार ठोक्किँदा विवाहबाट फर्केका ९ जनाको मृत्यु भएको  छ । दुर्घटना एकलेरा गाउँ नजिकै बिहान २:४५ बजे भएको थियो । 

भोपालको डुङ्गरी गाउँमा विवाहबाट फर्कँदै गर्दा दुर्घटना भएको झालावारका प्रहरी उपरीक्षक ऋचा तोमरले जानकारी दिएकी छन् । दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य सात जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो । 

दुर्घटनामा एक जना गम्भीर घाइते भएकालाई झालावारको सरकारी अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस