धारापानीमा भीषण आगलागी, कम्तीमा २० घरगोठ जले  « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

धारापानीमा भीषण आगलागी, कम्तीमा २० घरगोठ जले 


८ बैशाख २०८१, शनिबार


अर्घाखाँची । भूमिकास्थान नगरपालिका वडा नं ३ र ४ धारापानीमा भीषण आगलागीका भएको छ । आगो अहिले पनि नियन्त्रण बाहिर रहेको जनाइएको छ ।

भूमिकास्थान नगरपालिका धारा पानीको रातामाटा, जाबुनडाँडा, बाजाखर्कलगायतका गाउँमा भएको भीषण आगलागीबाट झण्डै २०  घर गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी दीपेन्द्र रावलले बताए ।

भीषण आगोले गाउँ नै सखाप भएको बाजाखर्कका स्थानीय हरिप्रसाद भुसालले बताए । प्रहरी, दमकल, स्थानीयले आगो निभाउने प्रयास गरिरहे पनि नियन्त्रण बाहिर रहेको प्रहरी निरीक्षक रावलको भनाइ छ । जिल्ला प्रहरी कार्यालयबाट गएको टोली र स्थानीयको टोलीले नियन्त्रणको प्रयास गरिरहेको छ । 

मानवीय क्षति नभए पनि पशुचौपाया मरेको, घर गोठ जलेको स्थानीय टेकराज भुसालले बताए । क्षतिको यकिन विवरण आउन नसकेको प्रहरीको भनाइ छ । पाणिनी गाउँपालिका-३ खुलैलेमा तीन घर गोठ जलेर नष्ट भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस