प्रधान सेनापतिले भने-‘फास्ट ट्रयाक तोकिएकै समयमा बन्छ, लागत बढेको छैन’ « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

प्रधान सेनापतिले भने-‘फास्ट ट्रयाक तोकिएकै समयमा बन्छ, लागत बढेको छैन’


७ बैशाख २०८१, शुक्रबार


काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्माले काठमाडौँ-तराई-मधेश द्रूतमार्गको लागत हालसम्म नबढेको बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रधान सेनापति शर्माले काठमाडौँ-तराई-मधेश द्रूतमार्ग तोकिएकै समयमा निर्माण सम्पन्न हुने बताएका हुन् ।

उनले अहिले सेनाले पुल र टनेल निर्माणको कार्यलाई प्राथमिकताका साथ अगाडी बढाइरहेको बताए । उनले फास्ट ट्र्याक निर्माण सम्पन्न नहुँदा लागत बढिरहेको भन्ने प्रचार भएको भन्दै सो प्रचारमा सत्यता नभएको बताए ।

उनले हालसम्म निर्धारित बजेट भित्रैबाट काम भइरहेको भन्दै कुनैपनि लागत नबढेको बताए । उनले तोकिएकै बजेट भित्र रहेको र तोकिएकै समयभित्र रहेको भन्दै निर्धारित समयमै काम सम्पन्न गर्न नेपाली सेना ढुक्क रहेको बताए ।

प्रधान सेनापति शर्माले काठमाडौँ-तराईरमधेश द्रूतमार्गको हालसम्मको भौतिक प्रगति ३३.२ प्रतिशत रहेको बताए । उनले आयोजनाको वित्तीय प्रगति भने ३३ प्रतिशत पुगेको जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस