सचिव मधु मरासिनीले पाए सफाइ « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सचिव मधु मरासिनीले पाए सफाइ


७ बैशाख २०८१, शुक्रबार


काठमाडौँ । पेमेन्ट गेटवे प्रकरणमा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु मरासिनीले विशेष अदालतबाट सफाइ पाएका छन् । 

शुक्रबार अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले सचिव मरासिनीसहित ८ जनालाई सफाइ दिएको हो अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए ।

अदालतले उक्त प्रकरणमा नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेललाई दोषी ठहर गरेको छ ।

सम्बन्धित समाचार : ‘पेमेन्ट गेटवे’ खरिद प्रकरणमा सुनिल पौडेल दोषी ठहर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोजमा सचिव मरासिनीसहित ९ जनामाथि भ्रष्टाचार मुद्दा चलाएको थियो ।

अख्तियारले मरासिनीसहित राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशकहरू सञ्जय शर्मा, प्रणिता उपाध्याय र सुनिल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक तथा हालका उपनिर्देशक सफल श्रेष्ठलाई समेत मुद्दा चलाएको थियो । त्यस्तै रमेश पोखरेल, रामबहादुर बुढा, रामशरण गायक, नीमबहादुर ओलीविरुद्ध मुद्दा दायर गरेको थियो ।

अख्तियारले २३ करोड २७ लाख ५८ हजार ७७ रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर गरेको थियो ।

सम्बन्धित समाचार : सचिव मधु मरासिनी र टेलिकमका प्रबन्ध निर्देशक पौडेलसहित नौ जना विरुद्ध भ्रष्टाचार मुद्दा
सम्बन्धित समाचार : सचिव मरासिनी र टेलिकमका प्रबन्ध निर्देशक पौडेल निलम्बन

Tags :
प्रतिक्रिया दिनुहोस