नयाँ सरकारप्रति जनतामा कुनै उत्साह छैन : डा. प्रकाशशरण महत « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

नयाँ सरकारप्रति जनतामा कुनै उत्साह छैन : डा. प्रकाशशरण महत


७ बैशाख २०८१, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले वर्तमान सरकारप्रति जनतामा कुनै उत्साह नरहेको बताएका छन् । उनले जनतामा आशा जगाउनकै लागि काँग्रेसले अहिलेको गठबन्धन सरकारको विकल्प खोज्नुपर्ने अवस्थाबारे चर्चा गरेको दाबी गरे । 

शुक्रबार सानेपास्थित केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता महतले सरकारले जनतामा आशा जगाउन नसकेको र विकल्प खोज्ने विषयमा छलफल सुरु भएको बताए ।

‘यो सरकारप्रति जनतामा कुनै आशा छैन, न उत्साह नै छ,’ उनले भने, ‘यसको विकल्प खोज्नुपर्छ भनेर काँग्रेसले मात्रै भनेको होइन, सत्तामै भएका दलहरू र स्वयम् एमालेले समेत यो सरकारको विकल्पबारे छलफल थालिसकेको छ ।’

उनले सरकारमा भएकै दलभित्रपनि सरकारप्रतिको निराशा रहेको छर्लङ्ग बाहिर आइरहेको बताए ।

प्रवक्ता महतले गृहमन्त्री रवि लामिछानेलाई लागेको सहकारी ठगी सम्बन्धी आरोपमा गृह मन्त्रालयभन्दा फरक संयन्त्रबाट अनुसन्धान भएमात्रै विश्वास गर्न सकिने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस