हसिना खानले लिइन् प्रतिनिधि सभा सदस्यको शपथ « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

हसिना खानले लिइन् प्रतिनिधि सभा सदस्यको शपथ


७ बैशाख २०८१, शुक्रबार


काठमाडौँ । जनता समाजवादी पार्टीकी हसिना खानले प्रतिनिधि सभा सदस्यको पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

समानुपातिकतर्फबाट सांसद बनेकी खानले प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ लिएकी हुन् । शुक्रवार सिंहदरबारमा सभामुख देवराज घिमिरेले उनलाई शपथग्रहण गराएका हुन् ।

मञ्जु शर्मा अन्सारीको निधन भएपछि जसपाले रिक्त स्थानमा २७ वर्षीया खानको नाम सिफारिस गरेको थियो । जसपाबाट समानुपातिक सांसद बनेकी शहनाज रहमानको ०७९ फागुन १३ मा निधन भएपछि रिक्त स्थानमा मञ्जु सांसदमा मनोनीत भएकी थिइन् ।

उनको पनि चैत ४ गते निधन भएपछि रिक्त स्थानमा हसिनाको नाम सिफारिस गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस