राष्ट्रिय ट्रमा सेन्टरको निमित्त मेसुमा डा. प्रमोद कुमार यादव « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

राष्ट्रिय ट्रमा सेन्टरको निमित्त मेसुमा डा. प्रमोद कुमार यादव


६ बैशाख २०८१, बिहिबार


काठमाडौँ । राष्ट्रिय चिकित्सा विज्ञान राष्ट्रिय ट्रमा सेन्टरको निमित्त प्रमुख मेडिकल  सुपरिटेन्डेन्टमा डा. प्रमोद कुमार यादव नियुक्त भएका छन् ।

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै यादवलाई निमित्त प्रमुखको जिम्मेवारी दिएका हुन् । यसअघि अस्पतालको निमित्त मेसुमा रहेका डा. बद्रि रिजाललाई हटाउँदै डा. यादवलाई नियुक्त गरिएको हो ।

डा. यादवलाई स्वास्थ्य मन्त्री यादवले आर्थिक र प्रशासनिक अधिकार सहित निमित्त मेसुको जिम्मेवारी दिएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस