स्वास्थ्यका एघारौँ तहका १२ कर्मचारीको सरुवा, को कहाँ (नामावलीसहित) « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

स्वास्थ्यका एघारौँ तहका १२ कर्मचारीको सरुवा, को कहाँ (नामावलीसहित)


६ बैशाख २०८१, बिहिबार


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एघारौँ तहका १२ जना कर्मचारीहरूको सरुवा गरेको छ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै १२ जना कर्मचारीको सरुवा गरेका हुन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख कन्सल्टेन्ट सर्जिकल ग्यास्ट्रोइन्टेरोलोजिष्ट डा. जैनेन्द्र चौधरी र प्रमुख कन्सल्टेन्ट न्युरो सर्जन डा. निलम कुमार खड्काको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालमा सरुवा भएको छ । स्वास्थ्य मन्त्रालयका प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक्स सर्जन डा. ओमप्रसाद अर्याल र प्रमुख कन्सल्टेन्ट अब्स्टेट्रिक गाइनोकोलोजिष्ट डा. विनोद सिंह र प्रमुख अस्पताल नर्सिङ प्रशासक मञ्जु यादवको कोशी अस्पताल, विराटनगरमा सरुवा भएको छ ।

यसैगरी, स्वास्थ्य मन्त्रालयका प्रमुख कन्सल्टेन्ट रेडियोलोजिष्ट डा. विश्वनाथ शर्माको भेरी अस्पताल, नेपालगन्ज, प्रमुख कन्सल्टेन्ट ई.एन.टी. सर्जन डा. दिपेन्द्र गौतमको नारायणी अस्पताल, पर्सा, प्रमुख कन्सल्टेन्ट ई.एन.टी. सर्जन डा. शैलेन्द्र वि.क. पोखरेललाई भरतपुर अस्पताल, चितवनमा सरुवा गरिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रमुख कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट डा. सुभाष रेग्मी र प्रमुख कन्सल्टेन्ट अब्स्टेट्रिक गाइनोकोलोजिष्ट डा.राम नरेश पण्डितको परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, थापाथलीमा सरुवा भएको छ । स्वास्थ्य मन्त्रालयका प्रमुख अस्पताल नर्सिङ प्रशासक सरिता कार्कीलाई कान्ति बाल अस्पताल र भेरी अस्पताल नेपालगन्जमा दरबन्दी रही लुम्बिनी प्रदेश अन्तर्गत काजमा रहेका प्रमुख कन्सल्टेन्ट रेडियोलोजिष्ट डा. सुरेश थापाको नारायणी अस्पताल, पर्सामा सरुवा भएको छ ।

यसैबिच डा. सुरेश थापा र डा. विनोद सिंहलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेश, सरिता कार्कीलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल अस्पताल, पोखरा र कोशी अस्पताल विराटनगरका प्रमुख ल्याब टेक्निसियन डा. श्रवण कुमार मिश्रलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेस प्रदेशमा काजमा खटाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस