विमानस्थलबाट १ किलो सुन बरामद « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

विमानस्थलबाट १ किलो सुन बरामद


६ बैशाख २०८१, बिहिबार


काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सुन बरामद भएको छ ।

दिल्लीबाट बुधबार आएको इन्डिगो एयरलाइन्सको सिटमा १ किलो ७० ग्राम सुन बरामद भएको विमानस्थल प्रहरीले जानकारी दिएको छ । 

विमान अवतरण हुने बित्तिकै प्रहरीले नियमित जाँच गर्ने क्रममा उक्त परिमाणको सुन भेटिएको बताइएको छ । प्रहरीको ‘मुभमेन्ट’ देखिएपछि लिएर आएका व्यक्ति सुन छाडेर भागेको हुनसक्ने आशङ्का गरिएको छ ।

फ्लाइट नम्बर ६ई११५१ नम्बरको इन्डिगो एयरलाइन्सको सिट नम्बर २७ चार्लीको पछाडि र २८ चार्लीको अगाडिको सिट पाकेटको तल बेवारिसे अवस्थामा रहेका झोलाबाट उक्त सुन बरामद भएको हो ।

जसमा ३ थान सिक्री, ६ थान बिस्कुट, त्रिभुज आकारको सुनको टुक्रा २ थान र सिक्री जोड्ने साना रिङ गरी १ किलो ७० ग्राम बराबरको सुन बरामद भएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस