तस्करसँग घुस लिएको आरोप लागेका प्रहरी जवान दोषी ठहर « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

तस्करसँग घुस लिएको आरोप लागेका प्रहरी जवान दोषी ठहर


६ बैशाख २०८१, बिहिबार


काठमाडौँ । इलाका प्रहरी कार्यालय, बर्दघाट, नवलपरासीमा कार्यरत तत्कालीन सादा पोसाकका प्रहरी जवान सञ्जीव धवल भ्रष्ट्राचार आरोपमा दोषी ठहर भएका छन् । 

विशेष अदालतले बिहीबार धवल र तस्करको आरोप लागेका अर्जुनप्रसाद शर्मालाई दोषी ठहर गरेको छ ।

इलाका प्रहरी कार्यालय बर्दघाटका तत्कालीन प्रमुख कपिल वाग्लेको सवारी दुर्घटनामा मृत्यु भएपछि गृह मन्त्रालयले बनाएको छानबिन समितिले मोबाइल तस्करसँग धवलले घुस लिएको भन्दै कारबाही गर्न सिफारिस गरेको थियो । तस्करीसँग नाम जोडिएपछि निलम्बनमा परेका वाग्लेको भोलिपल्ट सवारी दुर्घटनामा ज्यान गएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार जवान धवलले २०७८ साउन २१ गते मोबाइल तस्करसँग एक लाख २० हजार नगद र बैंकिङ प्रणालीमार्फत ५५ हजार रुपैयाँसहित एक लाख ७५ हजार रुपैयाँ घुस लिएका थिए ।

विशेष अदालतका न्यायाधीश रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले धवल र शर्मालाई जनही ४ महिना कैद र ८७ हजार ५ सय रुपैयाँ जरिवाना हुने सजाय सुनाएको छ । अर्का आरोपी इन्द्रलाल श्रेष्ठले भने सफाई पाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस