सङ्कल्प प्रस्तावको पक्षमा मतदान गर्ने एमाले कोशी संसदीय दलको निर्णय « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

सङ्कल्प प्रस्तावको पक्षमा मतदान गर्ने एमाले कोशी संसदीय दलको निर्णय


६ बैशाख २०८१, बिहिबार


काठमाडौँ । प्रदेश सभामा सङ्कल्प प्रस्तावको पक्षमा मतदान गर्ने नेकपा एमाले कोशी प्रदेश संसदीय दलले निर्णय गरेको छ ।

बिहीबार बसेको संसदीय दलको बैठकले सबै सांसदलाई अनिवार्य उपस्थित भएर पक्षमा मतदान गर्ने निर्णय गरेको एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।

नेकपा एमाले र माओवादी केन्द्रले आजको कोशी प्रदेश सभामा सङ्कल्प प्रस्ताव दर्ता गर्ने भएका छन् । आज दर्ता भएको प्रस्तावमाथि भोलि, शुक्रबारदेखि छलफल सुरु हुनेछ ।

२७ असोजमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका केदार कार्कीलाई दिएको समर्थन २६ चैतमा एमाले र माओवादी केन्द्रले फिर्ता लिएका थिए । समर्थन फिर्ता लिँदै उनीहरूले प्रदेश सभाको अधिवेशन माग गरेका थिए ।

समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री कार्की राजीनामा नदिने र विश्वासको मत पनि नलिने अडानमा छन् । उनलाई राजीनामा नदिने भए विश्वासको मत लिन निर्देशन दिनका लागि दुई दलले सङ्कल्प प्रस्ताव दर्ता गर्न लागेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस