इलाममा आफ्नो भोट बचाउन सके चुनाव जित्छौँ : काँग्रेस « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

इलाममा आफ्नो भोट बचाउन सके चुनाव जित्छौँ : काँग्रेस


६ बैशाख २०८१, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसले इलाम-२ को उपनिर्वाचनमा आफ्नो मत बचाउन सके चुनाव जित्न सकिने आकलन गरेको छ ।

सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बिहीबार बिहानको छलफलमा सहभागी उपसभापति पूर्णबहादुर खड्काले सो आकलन सुनाएका हुन् ।

उपसभापति खड्काले इलाम क्षेत्र नम्बर २ मा वैशाख १५ गते हुन लागेको उपनिर्वाचनमा काँग्रेसको प्रचारात्मक अभियानसहित अघिल्लो चुनावको मत सङ्ख्याबारे ब्रिफिङ गरेका थिए ।

उपनिर्वाचनमा पार्टी एक ढिक्का भएर व्यापक रूपमा परिचालित भएको सुनाउँदै खड्काले आफ्नो मत जोगाउन सके चुनावको परिणाम आफूहरूको पक्षमा आउने बताएका थिए ।

गत निर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट नेकपा एमालेका सुवास नेम्वाङ निर्वाचित भएका थिए । गत भदौमा उनको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

काँग्रेसका पराजित उम्मेदवार डम्बर खड्काले २९ हजार ९०६ मत पाएका थिए । उनी एमालेका नेता नेम्बाङसँग ११४ मतले पराजित भएका थिए । उपनिर्वाचनमा पनि सभापति देउवा पक्षका डम्बर खड्का नै उम्मेदवार बनेका छन् । काँग्रेसले उक्त क्षेत्रमा समानुपातिकतर्फ २२ हजार ३३३ मत पाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस