सुरक्षा प्रमुखहरू ओलाङचुङगोला निरीक्षणमा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सुरक्षा प्रमुखहरू ओलाङचुङगोला निरीक्षणमा


६ बैशाख २०८१, बिहिबार


काठमाडौँ । सुरक्षा निकायका प्रमुखहरू ओलाङचुङगोला नाका निरीक्षणमा निस्किएका छन् । रक्षा र गृह सचिवसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अनुसन्धान प्रमुखसहित नेपाली सेनाको हेलिकोप्टरमा सङ्खुवासभा र ताप्लेजुङतिर लागेका हुन् ।

सेनाको कल साइन एनए ०५४ एएलएच हेलिकोप्टरमा गृह सचिव एकनारायण अर्याल,रक्षा सचिव किरणराज शर्मा, गृहका सहसचिव एवं शान्ति सुरक्षा तथा अपराध नियन्त्रण महाशाखा प्रमुख नारायणप्रसाद भट्टराई, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल सहभागी रहेका छन् । त्यस्तै राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, नेपाली सेनाका उपरथी प्रेम ध्वज अधिकारी, प्रमुख सेनानी मणिराम थापासहितको नौ सदस्यीय टोली बिहान ८ बजे काठमाडौँबाट त्यसतर्फ प्रस्थान गरेको अधिकारीले प्रशासन ब्युरोलाई जानकारी दिएका छन् ।

सुरक्षा प्रमुखहरूको टोलीले सङ्खुवासभा र चीनको तिब्बती सीमा नामा रहेको किमाथाङ्का एवम् ताप्लेजुङको ओलाङचुङगोला नाकासँगै त्यहाँ तैनाथ सशस्त्र प्रहरी बलको बिओपी निरीक्षण गर्ने कार्यक्रम रहेको बुझिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस