गण्डकीमा संसद आह्वानविरुद्ध अवहेलना मुद्दा दर्ता गर्दै काँग्रेस « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

गण्डकीमा संसद आह्वानविरुद्ध अवहेलना मुद्दा दर्ता गर्दै काँग्रेस


६ बैशाख २०८१, बिहिबार


काठमाडौँ । गण्डकी प्रदेश सभा आह्वानविरुद्ध नेपाली काँग्रेसले सर्वोच्चमा अवहेलना मुद्दा दर्ता गर्ने तयारी गरेको छ । गण्डकी प्रदेश सरकारले संसद बैठक बोलाउनु अदालतको अवहेलना भएको काँग्रेसको निष्कर्ष छ ।

काँग्रेस सभापति शेरबहादुर देउवाले कानुनविद् बोलाएर बिहान गण्डकीको प्रदेश सरकारबारे छलफल गरेका थिए ।

शीर्ष नेताहरू सहितको बैठकमा गण्डकी प्रदेश सरकारविरुद्ध अदालतमा जानुपर्ने ठहर गरिएको डेमोक्रेटिक लयर्स एशोसिएसन (डीएलए)ले जनाएको छ ।

गण्डकीमा शुक्रबार बस्ने गरी संसद बैठक आह्वान भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस