बाहुबली हर्बल प्रा.लि.को कम्पाउन्डमा आगलागी « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

बाहुबली हर्बल प्रा.लि.को कम्पाउन्डमा आगलागी


६ बैशाख २०८१, बिहिबार


बाँके । बाँकेको जानकी गाउँपालिका वडा नं. ६ स्थित बाहुबली हर्बल प्रा.लि.को कम्पाउन्ड भित्रको ग्राउन्डमा डम्प गरिराखेको सल्लो प्रजातिको काठ/खोटोमा आगलागी भएको छ । बिहीबार बिहान करिब सात बजे अचानक आगलागी भएको हो । 

अहिले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । आगलागी नियन्त्रणमा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल र प्रहरी उपरीक्षक तुल बहादुर कार्कीसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको एक सय ७३ जनाको टोली खटिएको छ । स्थानीय पनि आगलागी नियन्त्रणमा जुटिका छन् ।

आगलागी नियन्त्रणमा बाँके जिल्लाका ६ वटा दमकल, प्रहरीको वाटर क्यानल, बर्दियाका ३ वटा र भारतको रुपडियाबाट १ गरी ११ दमकलको प्रयोग भइरहेको प्रजिअ पोखरेलले जानकारी दिए । पोखरेलका अनुसार सल्लाको खोटोमा आगलागी भएकोले नियन्त्रणमा कठिनाइ भइरहेको छ ।

गोदाम र कारखाना तर्फ आगलागी फैलिन नदिने तर्फ प्रयास केन्द्रित गरिएको छ । गोदाम खाली गराउने कार्य पनि भइरहेको छ । कुनै मानवीय क्षति भएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस