घुस रकमसहित अधिकृत अख्तियारको नियन्त्रणमा  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

घुस रकमसहित अधिकृत अख्तियारको नियन्त्रणमा 


५ बैशाख २०८१, बुधबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित एक अधिकृतलाई नियन्त्रणमा लिएको छ । 

कैलालीको राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्कीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पाल १ लाख २० हजार घुससहित पक्राउ परेका हुन्। 

अख्तियारका अनुसार स्रोत नखुलेको थप १ हजार ५ रुपैयाँ पनि उनको साथबाट भेटिएको छ। पालले तटबन्ध निर्माण कार्यको पहिलो रनिङ बिल भुक्तानीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा पक्राउ परेको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए।

नेपालगञ्जबाट पक्राउ परेका पालको विषयमा थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस