रात्रिकालीन व्यवसाय सुरु गरेकोबारे मानव अधिकार रक्षकद्वारा सात बुँदे ध्यानाकर्षण « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

रात्रिकालीन व्यवसाय सुरु गरेकोबारे मानव अधिकार रक्षकद्वारा सात बुँदे ध्यानाकर्षण


५ बैशाख २०८१, बुधबार


काठमाडौँ । संघीय राजधानी काठमाडौँको ठमेल र दरबारमार्ग चौबिसै ‍घण्‍टा खुल्ला भएको विषयमा महिला मानव अधिकार रक्षकको राष्ट्रिय सञ्जालले सात बुँदे मागसहित सरकारको ध्यानाकर्षण गराएको छ ।

सञ्जालले बुधबार एक विज्ञप्ति जारी गर्दै लाखौँको सङ्ख्यामा रहेका श्रमिकलाई सुक्खा आठ हजारदेखि १५ हजारमा काम गर्न बाध्य पारिएको अवस्थामा चौबिसै घण्टा व्यवसाय सञ्चालन गर्दा श्रमिक थप शोषण र मारमा परेका पर्ने भन्दै सात बुँदे मागसहित सरकारको ध्यानाकर्षण गराएको हो ।

दिनरात नभनी श्रम गरेर श्रमिकले रोजगारदातालाई धनी बनाए पनि श्रमिकको पक्षमा सरकारले ध्यान नदिएको भन्दै महिला मानव अधिकार रक्षक, मानव अधिकारको क्षेत्रमा कार्यरत सञ्जाल, सङ्घसंस्था र श्रमजीवीको गम्भीर ध्यानाकर्षण भएको सञ्जालका महासचिव गोमावती पुनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले लागू गरेको ‘पूर्ण समय व्यवसाय सञ्चालन सम्बन्धी आचारसंहिता एवं सुरक्षा व्यवस्थापन मापदण्ड, २०८०’ मा श्रमिकको हक विपरीत रहेको सञ्जालले जनाएको छ । श्रम ऐनअनुसार पारिश्रमिक र सेवा सुविधाको व्यवस्थाको कार्यान्वयन राज्यद्वारा सुनिश्चित नगरिएको तर पुँजीपतिको सुविधालाई मात्रै मध्यनजर गरेर श्रमिकको हकहितलाई नजरअन्दाज गर्न नमिल्ने सञ्जालको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस