सभामुख घिमिरेले गरे पेय पदार्थ निर्यात गर्ने उद्योगको निरीक्षण « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सभामुख घिमिरेले गरे पेय पदार्थ निर्यात गर्ने उद्योगको निरीक्षण


५ बैशाख २०८१, बुधबार


काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सिङ्गापुर बेभरेज प्रालिको आज निरीक्षण गरेका छन् । पेय पदार्थ उत्पादन गरी ३५ मुलुकमा निर्यात गर्दै आएको झापाको मेचीनगर-१४ दुहागढीस्थित प्रालिको कारखानामा उनले हलुका पेय पदार्थ उत्पादन हुने प्रविधि, प्रक्रिया र व्यापारका बारेमा जानकारी लिएका हुन् ।

सभामुख घिमिरेले उद्योगले आफ्ना उत्पादन विदेशमा निर्यात गरिरहेको विषयमा जिज्ञासा राखेका थिए । उद्योगले झेलिरहेका समस्या, राज्यले गर्नुपर्ने सहयोग र कानुनी व्यवस्थाको बारेमा उनले चासो व्यक्त गरेका थिए ।

उनले पहाडको लहरे आँप, तराईको आँप, अनारस, खरबुजालगायतका स्वदेशमै उत्पादन हुने फलफूलको रसलाई कच्चा पदार्थको रूपमा प्रयोग बढाउन सुझाव दिए । चर्को प्रतिस्पर्धाको आजको युगमा नेपाली उत्पादनले विश्व बजारमा लोकप्रियता हासिल गर्नु गर्वको विषय भएको सभामुख घिमिरेले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस