‘क्रस बोर्डर’ डिजिटल भुक्तानीमा भारु र परिवर्त्य विदेशी मुद्रामा फरक व्यवस्था हुने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

‘क्रस बोर्डर’ डिजिटल भुक्तानीमा भारु र परिवर्त्य विदेशी मुद्रामा फरक व्यवस्था हुने


५ बैशाख २०८१, बुधबार


काठमाडौँ । अन्तरदेशीय (क्रस बोर्डर) डिजिटल भुक्तानीमा भारतीय रुपैयाँ (भारु) र परिवर्त्य विदेशी मुद्राका लागि फरक-फरक व्यवस्था हुने भएको छ ।

प्रचलित विदेशी विनिमय कारोबार सम्बन्धमा भारु र परिवत्र्य विदेशी मुद्राका लागि फरक-फरक व्यवस्था विद्यमान रहेकाले क्रस बोर्डर डिजिटल भुक्तानीमा पनि सोही व्यवस्था गर्न केन्द्रीय बैंकले प्रस्ताव गरेको छ ।

क्रस बोर्डर भुक्तानी कारोबार गर्न क्युआर कोडलगायत प्रयोग गरी मोबाइल बैंकिङ-इन्टरनेट बैंकिङ तथा अन्तरबैंक भुक्तानीमार्फत गरिने ‘रिटेल पेमेन्ट’ मा समेत नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागबाट फरक व्यवस्था कायमै रहने प्रस्ताव गरिएको हो ।

राष्ट्र बैंकले क्रस बोर्डर डिजिटल भुक्तानी कारोबार गर्न क्युआर कोडलगायत प्रयोग गरी मोबाइल बैंकिङ-इन्टरनेट बैंकिङ तथा अन्तरबैंक भुक्तानीमार्फत गरिने ‘रिटेल पेमेन्ट’ सम्बन्धी प्रस्तावित व्यवस्थाको मस्यौदा सुझावका लागि सार्वजनिक गरेको छ ।

प्रस्तावित मस्यौदाअनुसार भारतमा भुक्तानी गर्दा एकै पटक वा पटक-पटक गरी प्रतिमहिना १ लाख भारुसम्म भुक्तानी गर्न सकिने उल्लेख छ । तर, होटेल, हस्पिटल (हस्पिटल र रिसर्च सेन्टर लगायत समेत) र औषधि पसलमा गरिने भुक्तानीका हकमा उक्त सीमा लागु हुने छैन ।

परिवर्त्य विदेशी मुद्रामा भुक्तानी हुने हकमा विद्यमान प्रयोजनअनुसार सटही सुविधा सीमासम्म भुक्तानी सुविधा दिने गरी राष्ट्र बैंकले प्रस्ताव गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस