त्रिवि सेवा आयोग सदस्यको लागि तोकियो अन्तर्वार्ताको मिति « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

त्रिवि सेवा आयोग सदस्यको लागि तोकियो अन्तर्वार्ताको मिति


५ बैशाख २०८१, बुधबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको रिक्त सदस्य पदको लागि ७ र ८ वैशाखमा प्रस्तुतीकरण तथा अन्तर्वार्ता हुने भएको छ ।

सदस्य नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आवेदकहरूको नामावली प्रकाशन गर्दै प्रस्तुतीकरण तथा अन्तर्वार्ता हुने कार्यतालिका प्रकाशित गरेको हो ।

समितिका अनुसार नियुक्तिको लागि दरखास्त पेस गरेकामध्ये दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको कार्ययोजना सहितको सोचपत्र प्रस्तुतीकरण र अन्तर्वार्ता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा हुनेछ ।

समितिका अनुसार पहिलो दिन दिउँसो २ बजेदेखि प्रा. डा. खगेन्द्रप्रसाद लुइँटेल, प्रा. डा. राजनारायण यादव, प्रा. डा. मुकुन्दप्रसाद क्षेत्री र प्रा. डा. लालप्रसाद अम्गाईंको कार्ययोजना प्रस्तुत हुनेछ ।

भोलिपल्ट प्रा. डा. सञ्जय आचार्य, प्रा. डा. अजय भट्टराई, प्रा. डा. ज्ञानबहादुर थापा र प्रा. डा. नवराज कट्टेलको प्रस्तुतीकरण र अन्तर्वार्ता हुनेछ ।

रिक्त पदका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले १८ चैतमा आवेदन माग गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस