नेपाली फिल्मको वितरणमा सहकार्य गर्ने एप्पल इन्टरटेनमेन्ट र डीसीएनको घोषणा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

नेपाली फिल्मको वितरणमा सहकार्य गर्ने एप्पल इन्टरटेनमेन्ट र डीसीएनको घोषणा


५ बैशाख २०८१, बुधबार


काठमाडौँ । मुलुकका दुई ठूला वितरण कम्पनी एप्पल इन्टरटेनमेन्ट र डिजिटल सिनेमा नेपाल (डीसीएन)ले घरेलु फिल्मको वितरणमा सहकार्य गर्ने घोषणा गरेका छन् ।

बुधबार फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा एप्पल इन्टरटेनमेन्टका प्रमुख तथा क्यूएफएक्स चेनका निर्देशक नकिम उद्दिन र डीसीएन प्रबन्ध निर्देशक अशोक शर्माले उक्त जानकारी दिए ।

आगामी दशैंमा प्रदर्शन तयारीमा रहेको स्वस्तिमा खड्का(निश्चल बस्नेत स्टारर ‘बेहुली फ्रम मेघौली’देखि यी दुई कम्पनीले वितरण थाल्नेछन् । ‘नेपाली फिल्मको वितरणमा हाम्रो सहकार्य अझै विस्तृत र प्रतिबद्ध रुपले हुनेछ,’ प्रेसमिटमा उद्दिनले भने, ‘नेपाली फिल्मको विकासमा यो सहकार्यले भूमिका खेल्नेछ ।’

आफ्नो कम्पनी एप्पल इन्टरटेनमेन्टले पहिल्यैदेखि नयाँ फिल्ममेकर र फिल्मलाई प्रोत्साहित गर्दै आएको उद्दिनले बताए । एप्पल इन्टरटेनमेन्ट हलिउड र बलिउड फिल्मको नेपालको ठूलो वितरण कम्पनी हो । विदेशी फिल्म वितरण गर्दै आएको यो कम्पनीले एक्लै नेपाली फिल्मको पनि वितरण गर्दै आइरहेको थियो ।

डीसीएनले पनि एक्लै नेपाली फिल्म वितरण गर्दै आइरहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस