बालाजु बाइसधारा मेला वैशाख ११ गतेदेखि सुरु हुने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

बालाजु बाइसधारा मेला वैशाख ११ गतेदेखि सुरु हुने


५ बैशाख २०८१, बुधबार


काठमाडौँ । काठमाडौँको प्राचीन धार्मिक तीर्थस्थल बालाजु बाइसधारामा पाँचदिने बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला यही वैशाख ११ गतेदेखि सुरु हुने भएको छ ।

बालाजु बाइसधारा मेला व्यवस्थापन समितिले आज पत्रकार सम्मेलन गरी वैशाख शुक्ल पूर्णिमादेखि सुरु हुने बालाजु बाइसधारा मेलाको तयारी पूरा भएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा मेला व्यवस्थापन समितिका संयोजक गौतम प्रजापतिले यसअघि बालाजु उद्यान कार्यालयले मेला व्यवस्थापन गर्दै आएपछि यसवर्षदेखि मेला व्यवस्थापन समिति निर्माण गरी तयारी गरिरहेको बताए।

बाइसधारामा स्थान गरे मुक्तिनाथ तथा गोसाइकुण्डमा स्नान गरे बराबरको पुण्य प्राप्त हुने जनविश्वास छ । मेलालाई गत वर्षभन्दा भव्य रूपमा सम्पन्न गर्नका लागि सबै ठाउँमा पत्राचार गरिएको उहाँको भनाइ थियो ।

प्रहरी वृत्त बालाजुका प्रमुख, प्रहरी नायव उपरीक्षक रामकुमार दानीले मेलाका लागि आवश्यक सुरक्षा तयारी पूरा गरिसकिएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस