आइपिएल क्रिकेटमा आज गुजरात र दिल्ली भिड्दै « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

आइपिएल क्रिकेटमा आज गुजरात र दिल्ली भिड्दै


५ बैशाख २०८१, बुधबार


काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा आज गुजरात टाईटन्स र दिल्ली क्यापिटल्स खेल्दैछन् ।

खेल अहमदावादमा बेलुका पौने ८ बजे शुरु हुनेछ । गुजरातले अहिलेसम्म ६ खेल खेलेको छ । उसले तीन खेल जित्दा ६ अङ्कसहित तालिकाको छैठौँ स्थानमा छ ।

त्यसैगरी दिल्ली क्यापिटल्स ६ खेलमा दुई जितसहित ४ अङ्कका साथ पुछारबाट दोस्रो स्थानमा छ । गुजरात आइपिएलमा सहभागी हुँदा सन् २०२२ मा विजेता र अघिल्लो वर्ष उपविजेता बनेको थियो ।

दिल्ली सन् २०२० मा उपविजेता बनेको थियो । आइपिएल क्रिकेटमा गएराति भएको खेलमा शीर्ष स्थानको राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्सलाई दुई विकेटले हरायो ।

शीर्ष स्थानमा रहेको राजस्थानको ७ खेलमा १२ अङ्क छ । कोलकता ६ खेलमा ८ अङ्कसहित दोस्रो स्थानमा यथावत् छ ।

Tags :
प्रतिक्रिया दिनुहोस