एन्फाका उपाध्यक्ष लामा पक्राउ « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

एन्फाका उपाध्यक्ष लामा पक्राउ


५ बैशाख २०८१, बुधबार


काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् ।

लामालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौर प्रशासनलाई जानकारी दिए।

दावा लागुऔषध खैरो हिरोइन कारोबार मुद्दामा फरार थिए । उनलाई अदालतमा उपस्थित पेस गरिएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस