प्रधानमन्त्री र मुख्यमन्त्री अधिकारीबीच भेटवार्ता « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

प्रधानमन्त्री र मुख्यमन्त्री अधिकारीबीच भेटवार्ता


५ बैशाख २०८१, बुधबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले भेटवार्ता गरेका छन् । बुधबार बिहान बालुवाटार पुगेर मुख्यमन्त्री अधिकारीले प्रधानमन्त्रीसँग भेटवार्ता र विकास निर्माणबारे छलफल गरेका हुन् ।

मुख्यमन्त्री अधिकारीले प्रधानमन्त्रीसँग भएको भेटको तस्बिर सार्वजनिक गर्दै प्रदेशका विकासबारे छलफल भएको सामाजिक सञ्जाल फेसबुकमार्फत जनाएका छन् । ‘सम्माननीय प्रधानमन्त्रीज्यूसँग गण्डकी प्रदेशको समग्र विकासका बारेमा केन्द्र सरकारले गर्नुपर्ने सहयोगका सबै पक्षहरुमा छलफल भयो र उहाँले सकारात्मक रुपमा लिनु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु,’ उनले भनेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस