पोखरा महानगरपालिकाका इन्जिनियर बराल पक्राउ « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

पोखरा महानगरपालिकाका इन्जिनियर बराल पक्राउ


५ बैशाख २०८१, बुधबार


काठमाडौँ। पोखरा महानगरपालिकाको घुस प्रकरणमा थप एक जना इन्जिनियर पक्राउ परेका छन् । घर निर्माण सम्पन्न भएको प्रमाणपत्र दिने क्रममा घुस लिएको आरोपमा पोखरा महानगरका घर नक्सा शाखाका इन्जिनियर शिवराज बराललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार साँझ पक्राउ गरेको हो ।

यसअघि गत चैत २८ गते घर निर्माणको घर नक्सा प्रमाणपत्र दिने क्रममा सब–इन्जिनियर उषाकिरण रोकाया र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाई अख्तियारले पक्राउ गरेको थियो । उनीहरू १ लाख ५० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका थिए ।

सोही प्रकरणमा बराललाई पक्राउ गरी अख्तियारको केन्द्रीय कार्यालय टंगाल पठाइएको सूचना अधिकारी जगदीश शिवाकोटीले जानकारी दिएका छन् । उनीहरूले एउटै काममा पटक–पटक घुस लिएको खुलेको अख्तियारले जनाएको छ ।

गएको चैत २८ गते सवइन्जिनियर रोकायालाई पोखरा ५, मालेपाटनबाट र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरजलाई पोखरा–४ सेल्वेजबाट पक्राउ गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस