डा. रुइतलाई ५ लाख रुपैयाँको ‘श्रीप्रसाद ओली स्मृति पुरस्कार’ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

डा. रुइतलाई ५ लाख रुपैयाँको ‘श्रीप्रसाद ओली स्मृति पुरस्कार’


४ बैशाख २०८१, मंगलबार


काठमाडौँ । नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई मंगलबार झापामा ‘श्रीप्रसाद ओली स्मृति राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार’ प्रदान गरिएको छ ।

रूद्र-गौरी, श्री-अम्बिका ओली प्रतिष्ठान झापाद्वारा स्थापित उक्त पुरस्कार कोशी प्रदेश प्रमुख परशुराम खापुङले हस्तान्तरण गरेका हुन् । पुरस्कारको राशि पाँच लाख रुपैयाँ रहेको छ ।

त्यसैगरी, यस वर्षको ‘देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार’ झापाका बुद्धशान्ति गाउँपालिका-१ डुम्रिबोटका १७ वर्षीय सबिन बाँस्कोटालाई प्रदान गरिएको छ । यो पुरस्कारको राशि एक लाख एक हजार एक सय ११ रुपैयाँ छ । १७ वर्षीय सविनले मिनी हवाइजहाज, रोबोट, ड्रोन, मोटरसाइकल, साइकललगायतका सामग्री बनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस