जीवी राईका सबै बदमासीको ठेक्का मैले लिनु पर्ने हो ? भन्दै रविको प्रश्न « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

जीवी राईका सबै बदमासीको ठेक्का मैले लिनु पर्ने हो ? भन्दै रविको प्रश्न


४ बैशाख २०८१, मंगलबार


काठमाडौँ । गृह मन्त्रीसमेत रहेका रास्वपा अध्यक्ष रवि लामिछानेले जीवी राईका सारा बदमासीको ठेक्का लिनु पर्ने हो भन्दै प्रश्न गरेका छन्।  

उनले सामाजिक सञ्जाल फेसबुकमा आफ्ना धारणा राख्दै भनेका छन्, ‘के जीवी राईका सारा बदमासीको ठेक्का मैले लिनुपर्ने हो ?’

उनले अभियोग पत्रमा आफूले गैरकानुनी ऋण लिएको भन्ने पुष्टि नभएको पनि बताएका छन्।

‘के अभियोग पत्रमा मैले गैरकानुनी ऋण लिएको भन्ने पुष्टि भएको छ र ? अभियोग पत्रमा गोरखा मिडिया नेटवर्क प्रा.लि.मा तत्कालीन समयमा शेयरधनी रहेको बाहेक रवि लामिछाने भन्ने व्यक्तिले सुप्रिम सहकारी ठगी गरेको भन्ने कुनै प्रमाण कागजातहरूबाट पुष्टि भएको कतै  केही छ ?  म जीवी राई ले ल्याएको लगानीको आम्दानीको श्रोत हेर्ने अधिकारी थिए कि, ऋण माग कर्ता थिए कि, ऋण दिने सहकारीको आधिकारिक व्यक्ति थिए ? कि म दुई चार करोड ठग ठाग गरेर जीवन धान्न पर्ने हैसियतहीन मान्छे हुँ ? उनले लेखेका छन्। 

पछिल्लो समय रवि लामिछानेले गैर कानुनी रूपमा सहकारीबाट ऋण लिएको र नतिरेको भन्दै सञ्चार माध्यममा समाचारहरू आइरहेका छन्।  

Tags :
प्रतिक्रिया दिनुहोस