त्रिवि सेवा आयोगको सदस्यका लागि आठ जना छनौट « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

त्रिवि सेवा आयोगको सदस्यका लागि आठ जना छनौट


४ बैशाख २०८१, मंगलबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको सदस्य नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनौट तथा सिफारिस समितिले आठ जनाको नाम प्रारम्भिक चरणमा छनौट गरेको छ ।

समितिले एक सूचना जारी गर्दै आठ जना छनौट भएकाका लागि आगामी शुक्रवार र शनिवार कार्य योजनासहितको सोचपत्र प्रस्तुतीकरण र अन्तरवार्ता हुने मिति तय गरेको हो ।

सुची अनुसार प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेल, प्रा‍. डा. राजनारायण यादव, प्रा. डा. मुकुन्दप्रसाद क्षेत्री र प्रा. डा. लालप्रसाद अम्गाईको कार्य योजनासहितको सोचपत्र प्रस्तुतीकरण र अन्तरवार्ता वैशाख सात गते शुक्रवार दिउसो दुई बजेका लागि तोकिएको छ ।

यस्तै प्रा. डा. सञ्जय आचार्य, प्रा. डा. अजय भट्टराई, प्रा. डा. ज्ञानबहादुर थापा र प्रा. डा. नवराज कट्टेलको कार्य योजनासहितको सोचपत्र प्रस्तुतीकरण तथा अन्तरवार्ता समय वैशाख आठ गते शनिवार बिहान ११ बजेका लागि तय गरिएको छ । उनीहरूको प्रस्तुतीकरण तथा अन्तरवार्ता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा हुने सूचनामा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस