केयूबाट राष्ट्र बैंकले डिजिटल करेन्सीको अध्ययनका लागि छनोट गर्‍यो विद्यार्थी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

केयूबाट राष्ट्र बैंकले डिजिटल करेन्सीको अध्ययनका लागि छनोट गर्‍यो विद्यार्थी


४ बैशाख २०८१, मंगलबार


काठमाडौँ । नेपाल राष्ट्र बैंकले डिजिटल करेन्सीको अध्ययनका लागि काठमाडौँ विश्वविद्यालयबाट ५ जना विद्यार्थीहरू छनोट गरेर अध्ययनको काम गरिरहेको छ ।

काठमाडौँ विश्वविद्यालयबाट ४ जना कम्प्युटर इन्जिनियरका र एक जना कम्प्युटर साइन्स फ्याकल्टीका विद्यार्थीहरू राष्ट्र बैंकले छनोट गरेको हो ।

केयूको कम्प्युटर इन्जिनियरिङबाट सबल कटुवाल, सौगात अधिकारी, रोहन ढकाल र निश्चल शाक्यलाई राष्ट्र बैंकले डिजिटल करेन्सीमा रिसर्चका लागि इन्टर्नमा छनौट गरिएको केयु स्कुल अफ इन्जिनियरिङका असिस्टेन्ट प्रोफेसर तथा इन्टर्नसीप एण्ड प्लेसमेन्ट कोर्डिनेटर सुशील नेपालले बताए । त्यस्तै, केयूको इन्जिनियरिङ साइन्सबाट रुसभ हुमागाईँ गरी ५ जना लाई छनोट गरिएको नेपालले बताए ।

नेपालले राष्ट्र बैंकले पनि अन्तर्राष्ट्रिय अभ्यास अनुसार डिजिटल करेन्सीको अनुसन्धानका लागि काठमाडौँ विश्वविद्यालयबाट ५ जना विद्यार्थीहरू रिसर्चका लागि छनोट गरेको हो । विद्यार्थीहरूले ब्लकचेनमा आधारित भएर डिजिटल करेन्सीमा रिसर्च गर्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस