शिक्षक तथा कर्मचारीलाई कारबाही गर्नेबारे शिक्षामन्त्री र निर्वाचन आयुक्तबीच छलफल « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

शिक्षक तथा कर्मचारीलाई कारबाही गर्नेबारे शिक्षामन्त्री र निर्वाचन आयुक्तबीच छलफल


४ बैशाख २०८१, मंगलबार


काठमाडौँ । राजनीतिक दलमा आबद्ध शिक्षक, प्राध्यापक तथा कर्मचारीहरूलाई कारबाही गर्ने विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाबीच छलफल भएको छ।

मंगलबार सिं‌हदरवारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा दुई जनाबीच छलफल भएको हो। 

शिक्षकहरूले राजनीतिक दलको सदस्यता लिएको, सक्रिय राजनीति गरेको विषयमा मन्त्रालयमा उजुरी प्राप्त भएका थिए।

प्रचलित कानुनले शिक्षकलाई राजनीति गर्नबाट बन्देज गरेकाले ती कानुन कार्यान्वयनमा लैजाने विषयमा छलफल भएको हो। छलफलमा शिक्षा मन्त्रीले राजनीति गरिरहेका शिक्षक पहिचान गर्नमा निर्वाचन आयोगबाट सहयोगको अपेक्षा राखेकी छन्। 

छलफलका क्रममा प्रमुख आयुक्त थपलियाले विद्यमान कानुन, विगतमा अदालतबाट भएका फैसला र अन्तर्राष्ट्रिय अभ्याससमेत हेरेर दलमा आबद्ध शिक्षक र कर्मचारीलाई कारबाही गर्न कुनै समस्या नरहेको बताएका छन्। 

Tags :
प्रतिक्रिया दिनुहोस