लुम्बिनीमा ७ संसदीय समितिले पाए नेतृत्व « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

लुम्बिनीमा ७ संसदीय समितिले पाए नेतृत्व


४ बैशाख २०८१, मंगलबार


काठमाडौँ । १७ महिनापछि लुम्बिनी प्रदेश सभाका ७ वटा संसदीय समितिका सभापति सर्वसम्मत चयन भएका छन् । ६ विषयगत समिति र एक विशेषाधिकार समिति गरी ७ वटै समितिमा एकल उम्मेदवारी परेको हो ।

लामो समयदेखि चयन हुन नसकेको लुम्बिनी प्रदेशका विषयगत समितिका बारेमा दलहरूबीच एमालेले विशेष अधिकारसहित ३ वटा समिति, प्रमुख प्रतिपक्षी दल काँग्रेसले २ वटा समिति र नेकपा माओवादी केन्द्रले २ वटा समितिको नेतृत्व गर्ने सहमति गरेका थिए ।

लुम्बिनी प्रदेशसभा सचिव दुर्लभ कुमार पुनका अनुसार प्रदेश मामिला तथा कानुन समितिमा दिलकुमारी बुढा, सामाजिक विकास समितिमा यमबहादुर नेपाली, कृषि, वन तथा वातावरण समितिमा विश्वप्रेम पाठक, भौतिक पूर्वाधार विकास समितिमा रामजीप्रसाद घिमिरे, अर्थ, उद्योग तथा पर्यटन समितिमा राजुप्रसाद श्रेष्ठ, सार्वजनिक लेखा समितिमा माया पुन र विशेष अधिकार समितिमा गिरीधारीलाल न्यौपानेको उम्मेदवारी परेको छ ।

बेलुका ५ बजे उम्मेदवारी मनोनयनको समय सकिएपछि जेष्ठ प्रदेशसभा सदस्यको अध्यक्षतामा विषयगत समितिको बैठक बस्ने र निर्विरोध निर्वाचित भएको घोषणा गरिने पुनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस