५ प्रतिशत लाभांश दिँदै नेपाल पुनर्बीमा कम्पनी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

५ प्रतिशत लाभांश दिँदै नेपाल पुनर्बीमा कम्पनी


४ बैशाख २०८१, मंगलबार


काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनीले ५ प्रतिशत लाभांश दिने भएको छ ।

कम्पनीको २०८१ वैशाख ३ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीको चुक्ता पुँजी १२ अर्ब ८१ करोड ३५ लाखको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०।२५ प्रतिशत नगद लाभांश गरी ५ प्रतिशत लाभांश दिने भएको हो ।

कुल ६७ करोड २६ लाख ६० हजार ३ सय ८० रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले गरेको प्रस्ताव नेपाल सरकार र बीमा प्राधिकरणले स्वीकृति दिएपछि वितरण हुने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस