तोयम राया महालेखा परीक्षकमा सर्वसम्मत अनुमोदित « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

तोयम राया महालेखा परीक्षकमा सर्वसम्मत अनुमोदित


४ बैशाख २०८१, मंगलबार


काठमाडौँ । महालेखा परीक्षकमा तोयम रायालाई संसदीय समितिबाट सर्वसम्मत अनुमोदित भएका छन् ।

आज भएका संसदीय सुनवाइपछि एकमतले उनलाई अनुमोदन गर्ने निर्णय भएको हो ।

संवैधानिक परिषद्ले रायालाई गत चैत्र १८ गते महालेखा परीक्षकमा सिफारिस गरेको थियो ।

राया राष्ट्रिय तथ्याङ्क कार्यालयका सचिव हुन् । उनी ६ वर्षीय कार्यकालका लागि महालेखा परीक्षकमा नियुक्त हुनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस