इजरायललाई जस्तै सहयोग युक्रेनलाई पनि गर्न जेलेन्स्कीको आग्रह « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

इजरायललाई जस्तै सहयोग युक्रेनलाई पनि गर्न जेलेन्स्कीको आग्रह


४ बैशाख २०८१, मंगलबार


काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिका नेतृत्वको पश्चिमा देशहरूको समूहलाई आफ्नो देशलाई पनि इजरायललाई जस्तै प्रतिरक्षा गर्न आग्रह गरेका छन् ।

इरानी हमलाको अमेरिका, बेलायत लगायतका देशहरूले बाटैमा छेकेका केही उदाहरण दिँदै जेलेन्स्कीले आफ्नो देशमा हुने रुसी हमलाको पनि त्यसैगरी प्रतिरक्षा गर्न आग्रह गरेका छन् ।

रुसी विश्व च्यानल आरटीका अनुसार जेलेन्स्कीले सोमबार आफ्नो टेलिग्राम च्यानलमा यस्तो आग्रह गरेका हुन् ।

अमेरिकी तथा पश्चिमा मिडियाहरूले इरानले प्रहार गरेका थुप्रै मिसाइलहरू अमेरिकी तथा बेलायती युद्ध जहाजहरूले इजरायली सीमा पुग्नु भन्दा अगाडि नै खसालेको दाबी गरेका छन् ।

त्यही दाबीलाई टेकेर जेलेन्स्कीले यस्तो आग्रह गरेका हुन् । इजरायल नेटो देश नभएको भन्दै त्यसो नहुँदा नहुँदै पनि इजरायलको प्रतिरक्षा गर्नु युद्धमा जानु नभएको भन्दै जेलेन्स्कीले नेटोको धारा ५ आवश्यक नहुने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस