एमाले चितवनको जिल्ला अधिवेशनको मिति तय « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

एमाले चितवनको जिल्ला अधिवेशनको मिति तय


४ बैशाख २०८१, मंगलबार


काठमाडौँ । नेकपा एमाले चितवनको जिल्ला अधिवेशन आउँदो जेठ १० देखि १२ गतेसम्म हुने भएको छ । एमाले चितवनको चैत २९ गते बसेको जिल्ला कमिटी बैठकले पार्टीको ११ औँ जिल्ला अधिवेशन जेठको १०, ११ र १२ गते गर्ने निर्णय गरेको हो ।

एमाले जिल्ला कमिटी अध्यक्ष रामप्रसाद न्यौपानेका अनुसार अधिवेशनले आगामी ३ वर्षको कार्यकालको लागि १ सय ४३ जना जिल्ला कमिटी चयन गर्नेछ ।

अघिल्लो वर्ष घटेको पार्टी सदस्य टोलटोलमा एमाले अभियानमार्फत एमालेले बढाएको छ । करिब १२ हजार सङ्गठित सदस्यहरूबाट प्रतिनिधि चयन गरी ७ सय ५० जना हाराहारीमा प्रतिनिधिहरू जिल्ला अधिवेशनमा सहभागी हुने अध्यक्ष न्यौपानेले जानकारी दिए ।

उनका अनुसार जिल्ला अधिवेशन सम्पन्न गर्न ४ सय ९९ सदस्यीय मूल व्यवस्थापन कमिटी साथै विषयगत समितिहरू पनि बनाइ सकिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस