चुनावी सभालाई सम्बोधन गर्न इलाम जाँदै ओली « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

चुनावी सभालाई सम्बोधन गर्न इलाम जाँदै ओली


४ बैशाख २०८१, मंगलबार


काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली आज (मंगलबार) इलाम जाने भएका छन्। इलाम क्षेत्र नम्बर-२ को आसन्न उपनिर्वाचनका लागि भोलि (बुधवार) हुने चुनावी सभालाई सम्बोधन गर्न ओली आज इलाम जाने भएका हुन्।

एमालेले भोलि देउमाई नगरपालिकाको मङ्गलवारे बजारमा चुनावी सभा आयोजना गरेको छ। सभामा ओलीसहित एमाले उपाध्यक्ष रामबहादुर थापा बादल, सचिव योगेश भट्टराई र कोसी प्रदेश इन्चार्ज रघुवीर महासेठलगायत एमालेका केन्द्रीय, प्रदेश कमिटीका पदाधिकारीले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले जिल्ला कमिटीले जनाएको छ।

वैशाख १५ मा इलाम क्षेत्र २ मा उपनिर्वाचन हुँदै छ । एमाले, नेकपा (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी र नेपाल परिवार दलबाट साझा उम्मेदवारका रूपमा एमालेका सुहाङ नेम्बाङ छन् । ओली आजै इलाम आउने र भोलि चुनावी सभामा सहभागी हुने कार्यक्रम रहेको एमालेले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस