सुदूरपश्चिमको मुख्यमन्त्री चयनबारे प्रधानमन्त्री र झलनाथ खनालबीच छलफल « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सुदूरपश्चिमको मुख्यमन्त्री चयनबारे प्रधानमन्त्री र झलनाथ खनालबीच छलफल


४ बैशाख २०८१, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालबीच आज भेटवार्ता भएको छ ।

भेटमा मुख्यगरी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त गर्ने विषयमा छलफल भएको र प्रधानमन्त्री ‘प्रचण्ड’ले आज बेलुकासम्म निकास निकाल्ने आश्वासन दिएको बुझिएको छ ।

प्रधानमन्त्री ‘प्रचण्ड’लाई भेट्न नेता खनाल बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । सत्ता गठबन्धनमा भएको सहमतिअनुसार सुदूरपश्चिमको मुख्यमन्त्री आफूहरूले पाउनुपर्ने भेटमा खनालले ‘प्रचण्ड’लाई बताएका छन् ।

एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशमा नेपाली काँग्रेस र नागरिक उन्मुक्ति पार्टी (नाउपा) का रेशम चौधरी पक्षसँग सहकार्य गर्ने भएपछि सत्ता गठबन्धनभित्र तरङ्ग सिर्जना भएको छ । यही कारण सुदूरपश्चिममा मुख्यमन्त्री नियुक्ति अझै हुन सकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस