गणपूरक सङ्ख्या नपुगेपछि अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक स्थगित « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

गणपूरक सङ्ख्या नपुगेपछि अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक स्थगित


४ बैशाख २०८१, मंगलबार


काठमाडौँ । गणपूरक सङ्ख्या नपुगेपछि अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक स्थगित भएको छ।

बैठकमा उपस्थित हुन आएका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ गणपूरक सङ्ख्या नपुगेपछि बैठक छाडेर निस्किएका थिए। बैठक सुरु हुन ढिलाइ भएपछि उनी बाहिरिएका हुन्।

बैठक आज बिहान साढे १० बजेका लागि बोलाइएको थियो। समयमा सबै नआएपछि मन्त्री श्रेष्ठ बैठकबाट बाहिरिएका हुन्। उनी बाहिरिँदा जम्मा आठ जना सांसदको मात्र उपस्थित थियो।

मन्त्री श्रेष्ठ बाहिरिएसँगै गणपूरक सङ्ख्या पुगे पनि बैठक स्थगित गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस