वीरगञ्जमा आज अपराह्न डोली यात्रा हुँदै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

वीरगञ्जमा आज अपराह्न डोली यात्रा हुँदै


४ बैशाख २०८१, मंगलबार


वीरगञ्ज (पर्सा) ।  चैतेदसैँका अवसरमा वीरगञ्जको गहवामाई मन्दिरले आज दिउँसो निशानसहितको डोली यात्रा गर्ने भएको छ । 

मन्दिर व्यवस्थापनको जिम्मेवारीमा रहेको माईस्थान सञ्चालन समितिले दिनको अपराह्न चार बजेको शुभ साइतमा निशानसहितको डोली यात्राको गर्ने जनाएको हो । 

समितिका अध्यक्ष नरेन्द्रकुमार साहले डोलीयात्राको सम्पूर्ण तयारी पूरा भएको बताए। ‘वीरगञ्जको प्रसिद्ध शक्तिपीठ गहवामाईको पहिलो पटक डोली यात्रा गर्दैछौँ’, उनले भने, ‘यो डोली यात्रामा पाँच हजारभन्दा बढी भक्तजन सहभागी हुने अनुमान गरेका छौँ ।’

मन्दिरका मूल पुरोहित राधेश्यामप्रसाद उपाध्यायले डोली तथा निशान पूजाको शुभसाइत आज अपराह्न २ बजे रहेको बताए ।’दिनको २ बजे निशानपूजाको शुभसाइत छ । दुई बजेदेखि चार बजेसम्म पूजापाठ र आवश्यक तयारी गर्नेछौँ’, उनले भने, ‘डोली यात्राको साइत भने दिनको ४ बजे छ ।’ 

डोली यात्रा गहवामाई मन्दिर प्राङ्गणबाट प्रारम्भ भई वीरगञ्जको रोड नम्बर २ हुँदै विर्तामाई मन्दिर, अलखिया मठ, महावीर मन्दिर, घण्टाघर हुँदै गहवामाई मन्दिर प्राङ्गण आएर समापन  हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस