‘स्मिथ एन्ड स्मिथ’ मार्फत रेमिटेन्स पठाउँदा एक लाखसम्म जित्ने मौका « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

‘स्मिथ एन्ड स्मिथ’ मार्फत रेमिटेन्स पठाउँदा एक लाखसम्म जित्ने मौका


३ बैशाख २०८१, सोमबार


काठमाडौँ । इसेवा मनी ट्रान्सफरले नयाँ वर्षको अवसरमा विशेष योजना सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत अब रोमानियाबाट ‘स्मिथ एन्ड स्मिथ’ मार्फत बैंक खाता, इसेवा वालेट वा नगदमा पठाउँदा आकर्षक नगद पुरस्कार जित्ने मौका मिल्नेछ।

स्मिथ एन्ड स्मिथबाट रेमिटेन्स पठाउँदा हरेक हप्ता १० हजार रुपैयाँ र बम्परमा एक जनाले एक लाख रुपैयाँ जित्ने मौका पाउने इसेवा मनी ट्रान्फरले जनाएको छ। यो अफर वैशाख १ गते देखि असार ३१ गतेसम्म लागू हुनेछ।

इसेवा मनी ट्रान्स्फरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ७५ लाखभन्दा बढी प्रयोगकर्ताहरू र कुनै पनि बैंक तथा वित्तीय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ।

इसेवा मनी ट्रान्स्फरले सेवाग्राहीहरूलाई आफ्ना १३ हजार आठ सय भन्दा बढी भुक्तानी केन्द्र तथा इ-सेवाका एक लाख भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस